
कात्तिक २० काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
विवादले पार्टी फुटको संघारमा पुगेको बेला दोश्रो तहका नेताहरुले पार्टी एकताको रक्षा गर्न निरन्तर दवाव दिएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्।
दुई अध्यक्षबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएको भन्दै प्रचण्ड पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रचण्डले आफू निकटका नेताहरुसँग प्रधानमन्त्री ओलीले अलग-अलग भएर जाने प्रस्ताव गरेको ब्रिफिङ गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend