बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

प्रचण्डले बोलाए सचिवालय बैठक, ओली सहभागी नहुने

प्रचण्डले बोलाए सचिवालय बैठक, ओली सहभागी नहुने

कात्तिक २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठक बोलाएका छन्। उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन्।

प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे ब्रिफिङ गर्न प्रचण्डले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएको श्रोतले जनाएको छ। अनौपचारिक बैठकमा प्रधानमन्त्री केपी ओली भने नजाने बालुवाटार श्रोतले बतायो। 

हिजो मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend