बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता, के भयो कुरा ?

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता, के भयो कुरा ?

कात्तिक २१ काठमाडौं – ३ दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय  स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेटवार्ताका लागि वालुवाटार पुगेका छन्।  

प्रधानमन्त्रीको सरकारी निवासमा ओली र  नरवणेबीच शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। 

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। 

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरेको भट्टराइले जानकारी दिए। 

नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्।

नरवणे आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend