
कात्तिक २१ काठमाडौं – कोरोना परिक्षण र संक्रमितको उपचार निशुल्क गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो।
भर्चुअल बैठकले अन्य क्षेत्रको बजेट काटेर भए पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend