मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा सुरु भयो सचिवालय बैठक, ओली पक्ष सहभागी भएन

प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा सुरु भयो सचिवालय बैठक, ओली पक्ष सहभागी भएन

कात्तिक २१ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सवा ३ बजे बैठक शुरू भएको हो । 

सचिवालयका ९ मध्ये बहुमत सदस्य उपस्थित भए पनि आइतवार खुमलटारको बैठकमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल भने आजको बैठकमा सहभागी छैनन् । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्। 

प्रचण्डको सचिवलयका अनुसार छलफलमा ओलीलाई पनि बोलाइएको भए पनि ओलीसहित इश्वर पोख्रेल, बिष्णु पौडेल र रामबहादुर थापा सहभागी भएनन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend