मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

ट्राफिक प्रहरी महाशाखाले शुरु गर्यो ‘सांगीतिक डमी अभियान’

ट्राफिक प्रहरी महाशाखाले शुरु गर्यो ‘सांगीतिक डमी अभियान’

सुनौलो नेपाल – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि “सांगीतिक डमी अभियान” शनिबारदेखि शुभारम्भ गरेको छ । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गर्नुभएको हो । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ ।

सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको हो ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हर जनको हर परिस्थितिको साहारा, अत्यन्तै प्रीय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताउनुभयो ।

उहाले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएका उल्लेख गर्नुभयो ।

प्रत्येक आधा घण्टामा कम्तिमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजार भन्दा बढिले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ । यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ । 

 

कार्यक्रमको थप भिडियो 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend