
कात्तिक २३ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छिन ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकि हुन्।
भण्डारीले भनेकी छिन, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा
कमला ह्यारिसलाई हार्दिक बधाई ! उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।’
प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका हुन्। जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend