
कात्तिक २३ काठमाडौं – रेडपाण्डाको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले इमाडोलबाट उनीहरुलाई पक्राउ गरेको हो।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई इमाडोल बस्ने सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्ने प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका–३ घर भई हाल ललितपुर टिकाथली बस्ने सनबहादुर राई र सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने अम्बरबहादुर तामाङ रहेका छन्।
ललितपुर महालक्ष्मीस्थान नगरपालिका–४ इमाडोलस्थित दीपक लिम्बूको डेराबाटउनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट तीन फिट तीन इञ्च लम्बाइ र १ फिट चौडाइ भएको रेडपाण्डाको एक थान छाला बरामद भएको महाशाखाले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend