
कात्तिक २३ काठमाडौं – कार्यकारी निर्देशकको कार्यकाल पुरा गरि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ विदा भएसंगै आगामी नेतृत्वको जिम्मेवारी कसले पाउला भन्ने विषय आम चासोको विषय बनेको छ। निमित्त कार्यकारी निर्देशकका रुपमा लेखनाथ कोइरालाले प्राधिकरणको नेतृत्व गरिरहेका छन् ।
तर अब भने कोईरालाले सम्हालेको निमित्त प्रमुखको जिम्मेबारीमा प्रधानमन्त्री केपी शर्मा ओलीको ईच्छा अनुसार प्राधिकरणकै उपकार्यकारी निर्देशक समेत रहेका हितेंद्रदेब शाक्यले निमित्त प्रमुखको जिम्मेबारी पाएसंगै लामो समय देखि रिक्त रहेको बिद्द्युत प्राधिकरणले हितेंद्र शाक्यको रुपमा कार्यकारी निर्देशक पाउने पक्का भएको छ। एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याउन दिएको निर्देशनसंगै सरकारले कार्यकारी प्रमुख बनाउने बाटो खोलेको हो ।
कुलमानको पुनर्नियुक्तिको माग गर्दै ब्यापक जनता सडकमा आएपनि प्रधानमन्त्री केपी ओलीको असहमतिपछि उनको नियुक्ति हुन सकेन। उर्जामन्त्री बर्षमान पुनले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका थिए तर प्रधानमन्त्री ओलीले अस्विकार गरेपछि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई बरियताक्रमअनुसार निमित्त कार्यकारी निर्देशक बनाईएको थियो ।
बरियताक्रममा कोइरालाभन्दा अगाडी रहेका प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यतिबेला प्राधिकणबाट उनी बाहिर रहेकाले उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएनन्। तर अब भने एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराइएको छ। प्रधानमन्त्रीको इच्छाअनुसार उर्जामन्त्री वर्षमान पुनले शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याउन निर्देशन दिएका हुन् ।
शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा मन्त्री पुनले ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिरी गराएसंगै शाक्यले नैनिमित्त कार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशकको नियुक्ति पाउने लगभग पक्का भएको हो।
गत भदौमा आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर कुलमान घिसिंग बिदा भएसंगै प्राधिकरण प्रमुखको पद रिक्त रहेको छ । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend