
कात्तिक २३ काठमाडौं – पछिल्लो २४ घण्टामा २८ सय १७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना छन्। यस्तै क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन्।
पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आइतबार २८ सय १२ जना डिस्चार्ज भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend