
सुनौलो नेपाल – नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा डिला संग्रौलाले सरकारले एक बर्ष पुग्दा पनि उखु किसानहरुसंग गरेको गरेको ५ बुदे सम्झौता कार्यान्वयन नहुनु दुखद भएको बताउनु भएको छ।
गरीब उखु किसानहरुले आफ्नो दस नाङ्ग्रा खियाउदै ऋण काढेर लगाएको उखु बालिको भुक्तानी पाउन सरकारसँग गरेको ५ बुदे सम्झौताको एक बर्ष हुदा तराईका सर्लाही ,रौतहट आदि जिल्लाहरुका सरकार गम्भीर नहुनु र उखु किसानहरु चरम अन्यायमा पर्नु सरकारको लापरबाही र लाजमर्दोपनको दृस्टान्त भएको उहाँको धारणा छ ।
डा संग्रौला चेतावनीको शैलीमा सरकार माथी प्रश्न उठाउदै भन्नुभयो “किसानहरु आफ्नो भुक्तानी पाउन पुनः काठमाडौ माइतीघर मण्डलामा आई फेरी आन्दोलन गर्नु नपरोस् ।सरकारले आफ्नो लाज छोपोस ।यस्तो कोरोनाको महामारीको अबस्थामा राहत त परैजायोस आफ्नो परिश्रमको रकम पनि उखु किसानलाई उपलब्ध नगराउने कस्तो यो निर्लज्ज सरकार ?
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend