
कात्तिक २४ काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्।
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले सरकारले भ्रष्टाचार रोक्नुभन्दा आफैले भ्रष्टाचार गर्ने ध्याउन्नमा लागेको आरोप लगाएका हुन्।
केपी ओलीले नेतृत्व गरिरहेको अहिलेको सरकारले देशलाईअस्थीरतामा रुमलिरहेको उनको भनाई छ।
कोरोनाले देश थला पर्दा पनि यसको व्यवस्थापनमा कुनै पनि काम गर्न नसकेको र औषधि उपकरण खरिदमा समेत भ्रष्टाचार गरेको उनले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend