मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल हटाएर नेपाल मात्रै लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल हटाएर नेपाल मात्रै लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

कात्तिक २४ काठमाडौं – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबारको बैठकले नेपालको नाम परिवर्तन गर्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो। 

‘मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयमा नै मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले उक्त कुरा सच्याएर नेपाल मात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिन्छ, समिति सभापति शशी श्रेष्ठले भनिन। 

साथै नाम परिवर्तन गर्नुपर्ने भएमा संसद्‍मा प्रस्ताव ल्याउन पनि निर्देशन समितिले दिएको छ। 

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लेखिँदै आएकोमा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने भनेर निर्णय गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend