logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • वामदेवको प्रस्ताव : नेपाल-भारत सीमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

    वामदेवको प्रस्ताव : नेपाल-भारत सीमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

    434
    Shares
    वामदेवको प्रस्ताव : नेपाल-भारत सीमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाल–भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने बताए । उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाए । उनले खुला सीमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

    उनले भने – ‘यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर यो सबै काम गरिराखेका छन् । र कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन् । समितिमा यसरी आउने हो विषय ? विधेयक बनेर आउनुपर्छ । नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरु ५०–६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् ।

    भारततिरबाट नेपालतिर पसेर कयौँ मानिस मारिएका छन् । नेपाली जनता मारिएका छन् । त्यो खुला सीमाना प्रयोग गरेर काठमाडौँ रहेका मानिसलाई पक्रेर भारतले लिएर जान्छ । हामी पछि थाहा पाउँछौँ । यस्तै हुन्छ स्वतन्त्र देशको अवस्था । त्यहाँ सुधार गर्न किन कोसिस हुँदैन ? त्यस सम्बन्धमा मेरो गम्भीर आरोप छ नेपाल सरकारलाई, उसले हेर्नुपर्छ । उसले गर्नुपर्छ । यदि नयाँ कुनै व्यवस्था गर्ने हो भने छलफल गर्न हामीलाई पठाउनुपर्छ ।

    नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरिकन खुला सीमानाबाट भारततिर गएको छ । भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ । पर्खाल लगाऔँ । नेपाल भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गर । मेरो आजको प्रश्ताव यही हुन्छ । नेपाल–भारत सीमाना बन्द गर । भिसा प्रणाली लागू गर ।’

    गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताए । खुला सीमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend