
कात्तिक २५ काठमाडौं – अनौपचारिक भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयका बहुमत सदस्यहरुको बैठक सकिएको छ।
अध्यक्ष केपी ओलीको सहमतिविनै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए।
बैठकमा ओलीसहित सचिवालय सदस्यहरु ईश्वर पोख्रेल, विष्णु पौडेल र रामबहादुर थापा बादल भने उपस्थित भएनन्।
बैठकमा प्रचण्डले पार्टी विवाद र प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा ब्रिफ्रिङ गरेका थिए। उनले बिहीबारसम्ममा ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गरेपनि बैठकका लागि ओली सहमत भइनसकेको श्रोतले जनाएको छ।
ओलीलाई जतिसक्दो बैठक बोलाउन सहमत गराउनुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए। ओलीले २७ गते बिहिबार बैठक बस्न सहमत हुनुहुन्छ भन्ने विश्वास आफुहरुमा भएको उनले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend