बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

नदीमा डुबेर वेपत्ता भएका किशोरको शव २ दिनपछि भेटियो

नदीमा डुबेर वेपत्ता भएका किशोरको शव २ दिनपछि भेटियो

कात्तिक २६ काठमाडौं – म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ। 

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शंकर विकको शव आज बिहान फेला परेको हो। 

सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए।  उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो। 

छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए। 

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत् गोताखोर टोली मगाइएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend