मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपा फुट्दैन, फुट्न दिइन्न – भट्टराई

नेकपा फुट्दैन, फुट्न दिइन्न – भट्टराई

कात्तिक २६ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा चर्को विवादले पार्टीनै फुट्ने हो कि भन्ने चिन्ता पैदा भएका बेला पर्यटनमन्त्री योगेश भट्टराइले कुनै हालतमा पार्टी नफुट्ने बताएका छन्। 

नेकपा ठुलो पार्टी भएको र ठुलो पार्टीमा सानातिना विवाद आउनु सामान्य भएको भन्दै विवाद समाधान हुने उनले बताए। 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भट्टराइले पार्टी फुट्न नदिइने जिकिर गरे। 

पार्टी एकता जोगाउन दोश्रो तहका नेताहरुले भूमिका खेल्ने उनको भनाइ छ। 

समुन्द्रमा छाल आयो भन्दैमा केहि आत्तिनु पर्दैन, उनले भने, ‘नेकपा समुन्द्र हो छाल आउँछ, त्यहीँ बिलाउँछ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend