
कात्तिक २७ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन्।
बैठक बस्न भनि निरन्तरको दवावपछि अन्तत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सचिवालय बैठक बस्न सहमति जनाएका हुन्।
बैठक शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बालुवाटार श्रोतले जनाएको छ। पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक डाकेका हुन्।
पार्टीका अर्का अध्यक्ष प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले बैठक बस्न निरन्तर आग्रह गर्दै आएका थिए। तर ओलीले पहिला दुई अध्यक्षबीच सहमति भएमात्रै बैठक बस्ने अडान लिँदै आएका थिए।
नेकपामा दुई अध्यक्षको सहमतिमा महासचिवले सचिवालय बैठक बोलाउने प्रावधान रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend