शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

कात्तिक २७ काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । 

नागरिक उड्डयन प्राधिकरण क्यानको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

फेसबुकमार्फत थापाले प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण भएको जानकारी दिएका हुन्। 

’नागरिक उड्डयन प्राधिकरण (CAAN) काे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड (Helipad) निर्माण कार्य सम्पन्न भएकाे छ । प्रधानमन्त्रीज्यू नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।” उनले फेसबुकमा लेखेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend