
काठमाडौं ।प्रचण्डलाई यो अवस्थामा ल्याउने र गणतान्त्रिक नेपालको स्थापनामा योगदान गर्ने हजारौं योद्धाहरु कोही सहिद त कोही वेपत्ता अनि बाँचेकाहरु सबल र सक्षम दुबै–कतार (खाडी मूलूक), अनि घाइते तथा अपाङ्गता भएकाहरु मर्नु न बाँच्नुको दोसाँधमा छन् । यिनको अहिले कुनै गन्ति नै छैन, त्यस्तै योद्धाहरुमध्येका एक हुन् तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डका अंगरक्षक तुलबहादुर घर्ती(मुनाल) उनी अहिले पक्षघातको कारणले घरमै सिकिस्त अवस्थामा छन् ।
पश्चिम रुकुम जनयुद्धताका खारा निकै चर्चित नाम हो, अहिलेको त्रिवेणी गाउँपालिका वाड नम्बर ५ जिवाङमा मर्नु न बाँच्नुको अवस्थामा बेसाहारा भएका छन् । जनयुद्धकालको निकै महत्वपूर्ण र चर्चित चुवाङ वैठकमा अंगरक्षक उनलाई प्रचण्ड, वैद्य,बाबुराम, बादलहरु लगायतका विभिन्न भागमा विभाजन भएका नेताहरुले सहयोगको त कुरै छाडौं सहानुभूति समेत दिन कन्जुस्याई गरेको उनको गुनासो छ ।
बुधबार उनै मुनालको उपचारका नीम्ति पूर्व माओवादी हेमबहादुर खड्काको नेतृत्वमा काठमाडौंको संवाद डबलीमा सहयोग अपिल कार्यक्रम मार्फत सत्तासीन नेता तथा आम मनकारी जनसाधारण समक्ष सहयोगका लागि अपिल गरेका छन् । अभियान्ता हेमबाहादुर खड्काले यो देशको परिवर्तनका खातिर आफ्नो शरिर जरजर बनाउने मुनाल जस्ता सयौं साथिहरुको सहयोगका लागि आफूहरुले मुनालबाट सुरु गरेको बताए । अभियान्ता खड्काले अगाडी थपे,“जनयुद्धमा हेडक्वाटरका नेताहरुको रक्षा गर्ने मुनाल जस्ता सयौं कम्रेडहरु बेसाहारा भएका छन् उहाँहरुको रक्षा कस्ले गर्ने ?”
संवाद डबलीमा बोल्दै अभियान्ता खड्काले आफूहरु बिहिबार नै उपचारका लागि रुकुम जाने र मुनाललाई काठमाडौंमा ल्याएर उपचार गर्ने योजना रहेको बताए । जसका नीम्ति आम रुपमा सहयोग गर्न अपिल गरेका छन् । सहयोगका नीम्ति शान्ति नेपालको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेड, पानीपोखरी शाखाको खाता नम्बर ३३०१०१००००७६५ मा जम्मा गरिदिनुहुन अनुरोध गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend