मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

कात्तिक २८ काठमाडौं – कोभिड-१९ विरुद्धको लडाईंमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ। अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)मार्फत् नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरे। भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझेदारी गर्न प्रतिवद्ध रहेको बताए। अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत यी भेन्टिलेटरले सहयोग पुर्‍याउने उनको विश्वास छ।

७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए। 

स्वास्थ्यमन्त्री ढकालले कोभिड विरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले शुरूआती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति आभार प्रकट गरे। उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण शुरू गरिएको बताए।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरू हरेक सरकारी अस्पताललाई दुई/दुईवटाका दरले वितरण गरिने उनले बताए।

भेन्टिलेटरका अतिरिक्त यूएसआईडीले देशका ११३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ। अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत् परामर्श समेत दिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend