
कात्तिक २९ काठमाडौं – कोरोना संक्रमित डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताएका छन्। एक विज्ञप्ति जारी गर्दै केसीले यस्तो बताएका हुन्।
शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थिए। उनले डा. केसीको स्वास्थ्य लाभको कामना पनि गरेका थिए।
त्यसपछि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताएका हुन्। उनले बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्नुपर्ने बताएका छन्। स्वास्थ्यलाभको कामनाका लागि डा. केसीले प्रधानमन्त्रीलाई धन्यवाद समेत भनेका छन्।
केसीलाई सामान्य लक्षण देखिएपछि विहिबार गरेको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
डा. केसीलाई रुघा, खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ भने स्वास प्रस्वासमा समेत समस्या देखिएको छ ।
डा. केसीलाई अहिले शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार भइरहेको छ । उनलाई डा. सुबास आचार्यको टीमले हेरिरहेको बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend