
सुनौलो नेपाल – भुमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा अर्यालले दशैँ तिहार खर्च भनेर स्याङ्जाका केही पत्रकारलाई घरमै बोलाएर दुई लाख रुपैयाँ वितरण गरेकी छन् ।
तिहारको टीका लगाउन गृह जिल्ला पुगेकी मन्त्री अर्यालले चुनावमा सहयोग गरेको र जिल्लामा आफ्नो पक्षमा राम्रो समाचार लेखेको भन्दै १८ जना पत्रकारलाई दुई लाख रुपैयाँ दशैँ तिहार खर्च वितरण हुन् ।
मन्त्री अर्यालले दिएको दुई लाख रुपैयाँ स्याङ्गजाका १८ जना पत्रकारलाई जनही ११ हजारका दरले वितरण गरिएको खुलेको छ । उनले भाई टिकाको अघिल्लो दिन पत्रकारलाई शुभकामना आदानप्रदान भन्दै घरमै बोलाएर उक्त रकम वितरण गरेको त्यहाँ सहभागी एक जना पत्रकारले सुनौलो नेपाललाई जानकारी दिए ।
उनले भने “रकम वितरण भन्ने थाहा थिएन शुभकामना आदानप्रदान कार्यक्रम भनेर निमन्त्रणा गरिएको थियो । हिड्ने बेलामा मन्त्री ज्युको खाजा खर्च भन्दै खाम थमाइएको थियो । त्यस्तो रकम वितरण भन्ने थाहा पाएको भए जाने थिइन । ” उनले अगाडि थपे समग्र पत्रकारिताको क्षेत्रमा काम गर्नु राम्रो हो तर यसरी ब्यक्ति छानीछानी घरमा बोलाएर पैसा वितरण गर्नुले पत्रकार कतै किनबेचमा त परेका छैनन् भन्ने आशंका उत्पन्न भएको छ” सहभागी ति पत्रकारले बताए ।
स्याङ्जाको क्षेत्र २ बाट निर्वाचित मन्त्री अर्याललाई यस बिषयमा बुझ्न खोज्दा पहिले अस्विकार गरेपनि हामीले हामीसंग प्रमाण छ भनेपछि बल्ल पत्रकार महासंघलाई दैनिक प्रशासनिक खर्चमा सहयोग होस् र भवन बनाउने कुरा पनि आएकोले आफुले महासंघलाई सहयोग गरेको बताइन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend