मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अरिगांलले टोकेर नेकपा अध्यक्ष गैह्रेकी छोरीको निधन

अरिगांलले टोकेर नेकपा अध्यक्ष गैह्रेकी छोरीको निधन

सुनौलो नेपाल – अरिगांलले टोकेर नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसकी छोरी अतिथी शर्माको निधन भएको छ ।

अध्यक्ष गैह्रेकी एक मात्र सुपुत्री रहेकी  शर्माको सोमबार पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोकेपछी  उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको हो ।

सोमबार लामागेमा माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले टोकेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरिक्षक बोगटीले छोरीको उपचारका क्रममा गण्डकी अस्पतालमा साँझपख निधनको खबर आएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend