
मङ्सिर ३ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी १३ गते बस्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्। आज बसेको सचिवालाय बैठकमा प्रधानमन्त्री ओलीले आफुले प्रस्ताव पेस गर्ने तयारी गरेको जानकारी दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन्।
यसअघि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए। सो प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।
प्रचण्डको उक्त प्रस्तावमा लगाइएको आरोप र पार्टीमा देखिएका समस्याका बारेमा प्रधानमन्त्रीको धारणासहितको प्रस्ताव ओलीले पेस गर्न लागेका हुन्।
आज बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने सहमति गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend