
सुनौलो नेपाल – तिहार मनाउन गृह जिल्ला पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याल यतिबेला निकै चर्चामा छन् ।
आफ्नो समर्थनमा समाचार लेख्ने पत्रकारलाई पैसा वितरण घटनाले चर्चा पाएकी अर्याल फेरी फेरी बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत जानकारी नदिई बिद्यालय भवन उद्घाटन गर्दै हिडेको बिषयले स्याङ्गजामा चर्चा पाएको छ ।
बुधवार मन्त्री अर्यालले चापाकोट नगरपालिका तीन वटा बिद्यालय पुगेर दलबल सहित रिबन काट्दै ताम्रापत्र खोल्दै हिडेको तर सो बिषयमा तीन वटै बिद्यालयका व्यवस्थापन समितिले सुईको समेत नपाएको घटनाले त्यहाँका अभिभावक समेत चकित परेका छन्।
राधा दामोदर ज्ञान ज्योति सस्कृत माध्यमिक बिद्यालय चापाकोट – ७ साखरका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानेश्वार बस्ताकोटिले मन्त्री आएर उद्घाटन गरेर हिडेपछि मात्र आफुलाई जानकारी भएको भन्दै बिद्यालय ब्यबस्थापन समितिलाई कुनै जानकारी थिएन र हामीले मन्त्रीलाई भवन उद्घाटनको लागि निमन्त्रणा पनि गरेका थिएनौ उनले भने ।
” चारकोठाको दुई तले भवन उद्घाटन भएको कुरा साथिभाई बाट थाहा भएको छु । मन्त्री ज्युले स्कुललाई नै जानकारी नदिइ कस्का लागी उद्घाटन गर्नु भएको हो ?” हामीले औपचारिक रुपमा निमन्त्रणा समेत नगरेको अवस्थामा जबरजस्ती आएर उद्घाटन गरेर जानुभएछ सुनौलो नेपालसंगको कुराकानीमा उनले भने ।
त्यस्तै बुधबारनै मन्त्रीले उद्घाटन गरेको भनिएको अर्को बिद्यालय साखर मोहमी बिद्यालय चापाकोट -६ मोहमीका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रमाकान्त भट्टराईले पनि आफुलाई बिद्यालय उद्घाटनको बिषयमा कुनै जानकारी नभएको बताए ।
त्यस्तै आदर्श माध्यमिक बिद्यालय चापाकोट – ७ पटसारका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डुक बहादुर शाहले पनि व्त्ययवस्स्तैथापन समिति,लाई मात्र नभई स्थानीय सरकारलाई पनि कुनै जानकारी नभएको भन्दै दुखेसो पोखे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend