
मङ्सिर ४ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्न भनिएजस्तै आफुले पनि पुष्पकमल दाहाल प्रचण्डलाई अध्य्क्षबाट हट्न भन्न हुने कि नहुने भन्दै प्रश्न गरेका छन्।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टी विधि र पद्धती मान्ने हो भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड भन्नु गलत भएको बताए।
प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा आफूमाथि लगाइएका निराधार आरोपहरुको मसिनो गरेर छलफल गर्नुपर्ने भन्दै ओलीले आरोप लगाउदैमा र पद छोड भन्दैमा मानिहाल्नुपर्ने कारण नभएको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend