बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

पोथी र आहाराको खोजीमा ३,००० किलोमिटर यात्रा गर्ने बाघ

पोथी र आहाराको खोजीमा ३,००० किलोमिटर यात्रा गर्ने बाघ

मङ्सिर ४ काठमाडौं – भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ।

वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो।

उसले शिकार, बासस्थान वा पोथीको खोजीमा आरक्ष छोडेपछि उपकरणजडित उक्त बाघले करिब ३,००० किलोमिटर यात्रा गर्ने क्रममा महाराष्ट्र र तेलङ्गना राज्यका सातवटा जिल्ला प्रवेश गरेको थियो।

मार्च महिनामा महाराष्ट्रकै अर्को संरक्षण क्षेत्रमा बसेको बाघबाट अधिकारीले निगरानी गर्न प्रयोग गरिने उपकरण गएको एप्रिलमा हटाएका थिए। BBC

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend