बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै कैलालीमा निकालियो मोटरसाइकल र्‍याली

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै कैलालीमा निकालियो मोटरसाइकल र्‍याली

मङ्सिर ४ काठमाडौं – कैलालीमा हिन्दु राष्ट्रको माग गर्दै बृहत र्‍याली निकालिएको छ। धनगढीमा संवैधानिक राजतन्त्रसहितको हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको हो। 

र्‍यालीमा सहभागीहरुले राजनीतिक दलबाट जनता दिक्क भइसकेको हुदाँ राजतन्त्रको विकल्प नभएको बताए ।

मुलुकलाई नै राजनीतिक दलहरुले अस्तब्यस्त बनाएकाले राजतन्त्रको पुनरागमन अपरिहार्य भएको र्‍यालीमा सहभागीहरुको भनाइ थियो ।

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधन सहित ३ हजार मोटरसाईकलको सहभागिता रहेको बताइएको छ। 

केहि दिनअघि बुटवल र विराटनगरमा पनि राजसंस्थाको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend