
मङ्सिर ५ काठमाडौं – नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ।
मङ्सिर ७ गते आइतबारबाट लागु हुनेगरी गृह मन्त्रालयले शुक्रबार सरुवा गर्ने निर्णय गरेको हो।
एसएसपीको सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु पनि फेरिएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यलाई सरुवा गरिएको छ।
काठमाडौंका प्रमुख श्यामप्रसाद ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्शालमा सरूवा भएको छ।
टेकप्रसाद राईको नक्सालको कार्य विभाग कार्य महाशाखामा सरूवा भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend