मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

ट्राफिक प्रहरीले सार्वजनिक गर्यो २५ वटा ट्राफिक नियम समेटिएको आकर्षक नृत्य (भिडियो सहित)

ट्राफिक प्रहरीले सार्वजनिक गर्यो २५ वटा ट्राफिक नियम समेटिएको आकर्षक नृत्य (भिडियो सहित)

मंसिर ५, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाकोसवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

महाशाखाले बेला(बेलामा जनचेतनामुलक कार्यक्रमहरु मार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ । पछिल्लो समय ट्राफिक महाशाखाले गीत सांगितको माध्यमबाट ट्राफिक नियम सिकाउदै आएको छ,  यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ ।

गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्तालेसरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्नेहुनाले महाशाखालेव्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताउनु भयो ।

यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समेटिएका छन ।

यस गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम के सी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन बिनोद के सीले गरेका छन ।
आजै देखि यस जनचेतनामुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफ।एम।९५।५ मेगाहर्जको यूट्युब च्यानल लगायत अन्य सामाजिक संजालबाट रिलिज गरिएकोछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend