
मङ्सिर ६ काठमाडौं – गाईलाई भीरबाट खसालेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बैतडीको पुर्चौडी नगरपालिका–६ मा ११ वटा गाई मृत अवस्थामा फेला परेपछि मारेको आशंकामा उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका वडा नं. ५ का २४ वर्षीय लक्ष्मण पार्की रहेका छन्। अर्का एक जनालाई खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।
पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ।
उनीहरुमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend