
मङ्सिर ६ काठमाडौं – माइतीघरमा मण्डलामा चीनविरुद्ध प्रदर्शन भएको छ।
चीनले नेपाली भुमि मिचेको भन्दै केहि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन्।
युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।
तर चीनले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताएको छ । चीनले आफुले नेपाली भुमि नमिचेको र नेपाललाई त्यस्तो लागे बार्ता गर्न सक्ने बताउंदै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend