शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

चुनावका बेला भोट मागे जसरी महामारीका बेला पनि जनप्रतिनिधि जनताको घरघर पुग्नुपर्छ

चुनावका बेला भोट मागे जसरी महामारीका बेला पनि जनप्रतिनिधि जनताको घरघर पुग्नुपर्छ

मङ्सिर ६ काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले महामारीका बेला जनप्रतिनिधिहरु जनताको घरघरमा जानुपर्ने बताएका छन्। ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै महामारी रोकथाम गर्नका लागि जनचेतना फैलाउन घरघर पुग्नुपर्ने बताएका हुन्। 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने उनको भनाई छ। 

उनले राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने धारणा राखे। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend