
सुनौलो नेपाल – दिपावली मनाउन गृह जिल्ला पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याल फेरी अर्को बिबादमा परेकी छन्।
स्याङ्गजामा कोरोना भाइरसका कारण पालिकाले घोषणा गरेको जनस्वास्थ्य विपद पछि पच्चीस जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेको भोलीपल्ट मन्त्रीले नै दलबल सहित एउटा कार्यक्रम गरेपछि उनको तिब्र आलोचन भएको छ।
मन्त्री अर्याललाई शुक्रबार वालिङको मालपोत कार्यलय उद्घाटन गर्न भिडभाड जम्मा गरेको र जनस्वास्थ्य विपदको बेवास्ता गरेको आरोप लागेको छ । सरकारले सकेसम्म भेला नहुने भेला हुनैपरे पच्चीस जना भन्दा धेरै भेला नहुन र भेलामा सामाजिक दुरि कायम राख्न सरकारले गरेको आग्रहलाई अटेरी गर्दै मन्त्री नै कार्यक्रममा सहभागी भएकी छन् ।
कात्तिक महीनामा सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद घोषणा गरीएको स्थानमा मन्त्रीले भवन उद्घाटन गर्ने भनेपछि ठुलै जमघट रहेको थियो ।
कोभिड सङ्क्रमित विरामीको संख्या अत्यधिक रुपमा बढ्दै गएको भन्दै बिहिवार वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो । बिहिवार नगरपालिकाले यस्तो घोषणा गरेपनी मन्त्री अर्यालले भने शुक्रबार एक भब्य कार्यक्रमको आयोजना गरि मालपोत कार्यलय उद्घाटनमा सरिक भएकी थिइन् ।
स्याङ्गजा पुगेकी मन्त्री अर्यालले आफ्नो पक्षमा समाचार लेख्ने पत्रकारलाई छानी छानी पैसा बाडेको देखि स्कुल ब्यवस्थापान समितिको निमन्त्रणा बिनै प्रमुख अतिथि बनेर कार्यक्रम जबर्जस्ति गरेको सम्मका घटनाले उनको आलोचना भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend