
मङ्सिर ६ काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफुँमा अझै राजनीतिक रुपमा प्रतिस्पर्धा गर्ने जोश रहेको बताएका छन्।
दाङमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफु अझै युवाहरुसंग राजनीतिक प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै गौतमले पार्टीभित्रको विवाद समाधानको लागि आफूहरुले पहल गरेको बताए। पार्टीभित्रको विवाद बाहिर मिडियामा आएजस्तो नभएको उनको भनाई थियो। स्थापित मिडियाले समाचार बिकाउन पार्टी विभाजनको प्रचारमा लागेको आरोप लगाए।
मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने उनको भनाई थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend