logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • गुटको भेला गर्दै हिडेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटे (भिडियो सहित)

    गुटको भेला गर्दै हिडेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटे (भिडियो सहित)

    4.8K
    Shares

    चितवन, ६ मंसिर । गुटको भेला गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै कार्यकर्ताले लखेटेका छन् ।

    पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै  निर्वाचन क्षेत्रका जनताले लखेटेका हुन् ।

    चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेले  विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइजत मात्र नगरी जनतालाई भ्रमको खेती गरेकोसमेत कार्यकर्ताले आरोप लगाएका छन् ।

     

    आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेका एक कार्यकर्ताले बताए ।

    कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए ।

    पाण्डेले पछिल्लो समय पार्टी एकताको पक्षमा नभई विभाजनको संघरमा पु-याउने प्रकारका अभिव्यक्ति दिदै आएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend