
मङ्सिर ७ काठमाडौं – पुर्वअर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई कार्यकर्ताले दुर्यव्हार गरेपछि नेकपाका नेताहरुमा आरोप प्रत्यारोप सुरु भएको छ।
कसैले नेता पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उपयुक्त छानविन गर्नुपर्ने माग गरेका छन् भने कसैले पार्टी एकता मजबुत बनाउन पहल गर्नुको सट्टा गुटगत भेला गर्दै हिंडेको भन्दै त्यसो नगर्न सचेत बनाएको रुपमा विश्लेषण गरेका छन्।
यसैबीच प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले उक्त घटना सुनियोजित नभई पार्टी एकताको पक्षमा भूमिका खेल्न र गुटगत गतिविधि बन्द गर्न कार्यकर्ताले सचेत मात्र गराएको बताएका छन्। उनले सोहि प्रकारका घटना पहिला पनि हुँदा निदाए जस्तो गर्नेले चितवनमा पार्टी एकता जिन्दावादकाे नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्ने गुटगत अन्तर्दृष्टि भएको बताएका छन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अंकित गर्दै थापाले भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पाेखरेलले चढ्नुभएकाे गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएकाे थियाे क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादकाे नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनाेटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend