सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

सरकार स्वार्थमा डुबेको छ, भ्रष्टाचारमा लिप्त छ – प्रकाशमान

सरकार स्वार्थमा डुबेको छ, भ्रष्टाचारमा लिप्त छ – प्रकाशमान

मङ्सिर ७ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार स्वार्थमा डुबेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्रका स्थानीय नागरिकसँगको छलफलको क्रममा नेता सिंहले यस्तो आरोप लगाएका हुन्। 

नेता सिंहले भने, ‘‘यो सरकार स्वार्थमा डुबेको छ। भ्रष्टाचारमा लिप्त छ। मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो।’

ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम नगरेकोले त्यसको खबरदारी कांग्रेसले गर्दै आए पनि सरकारले केही नसुनेको उनले बताए।

सरकारका जनहीत विपरीतका कामकारवाहीबारे विरोधमा सडकमा आन्दोलनका लागि जाने अवस्था अहिले नरहेको पनि उनले बताए।

सरकारसंग सम्पूर्ण हिसावकिताब संसदबाट मागिने उनको भनाई छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट