मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

धादिङमा कार र टिपर ठोक्किए, एक जनाको ज्यान गयो

धादिङमा कार र टिपर ठोक्किए, एक जनाको ज्यान गयो

मङ्सिर ७ काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका एक युवकको ज्यान गएको छ। 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय दीपेश केसीको मृत्यु भएको हो।  

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए। दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन्। एक जनाको सामान्य अवस्था छ। घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend