मङ्सिर ७ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।
देशको शान्ति सुरक्षाका बारेमा छलफल भएको बताइएको छ।