
मङ्सिर ८ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला ताप्लेजुङको घुन्सामा छन्। घुन्सामा उनले स्वास्थ्य चौकी उद्घाटन गरेका छन्।
ओलीलेओलाङचुङगोला नाका को पनि अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसपछि भने प्रधानमन्त्री ओली इलामको सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण भएको बोर्डर आउट पोष्ट(बीओपी)को निरिक्षण गर्न जाने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमपछि आजै ओली काठमाडौं फर्किनेछन्।
ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend