शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

सरकारको लोकप्रियतादेखि डराएर अस्थिरता चाहनेहरुको झुण्डले मेरो राजीनामा माग्यो- प्रधानमन्त्री

सरकारको लोकप्रियतादेखि डराएर अस्थिरता चाहनेहरुको झुण्डले मेरो राजीनामा माग्यो- प्रधानमन्त्री

मङ्सिर ८ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकप्रिय बन्दै गएकाले केहि तत्वहरुले आफ्नो राजीनामा मागेको बताएका छन्।  

ताप्लेजुङको घुन्सामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियता कतिपयलाई मन नपरेको भन्दै राजीनामा मागेको बताएका हुन्। 

काम नपाएका र अस्थिरता चाहनेहरुको झुण्डले सरकारले काम गरेन भन्ने र सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए। गुमेको जमिन फिर्ता गर्ने जस्ता लोकप्रिय काम गरेको सरकारले अरु विकास र समृद्धिका काम नगरोस् भन्न चाहनेहरुले आफ्नो राजीनामा मागेको उनको भनाई छ।  

 ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो’, प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्थित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्वबाट र कहिले सरकारबाट राजीनामा मागिएको बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend