बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

काँग्रेस प्रतिपक्षिमै बस्छ, ओली- देउवा भेटलाई सत्ता राजनीतिसंग नजोडौं- नेता सिंह

काँग्रेस प्रतिपक्षिमै बस्छ, ओली- देउवा भेटलाई सत्ता राजनीतिसंग नजोडौं- नेता सिंह

मङ्सिर ८ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले कांग्रेस प्रतिपक्षमा नै बस्ने बताएका छन्।  

सत्य साई बाबाको ९५औं अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै नेता सिंहले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरू विपक्षीकै भूमिकामा रहने उनले स्पष्ट पारेका छन्। 

प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको उनले बताए। नेकपाभित्रको किचलोमा काँग्रेसको कुनै सरोकार नरहने भन्दै काँग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्नसमेत सिंहले आग्रह गरे।

आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाइ छ। 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend