
मङ्सिर ९ काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मङ्सिर ११ मा नेपाल आउंदै छन। परराष्ट्रले सोमबार विज्ञप्ति जारी गरी दुई दिने भ्रमणका लागि सचिव हर्षवर्द्धन मंसिर ११ गते नेपाल आउन लागेको जानकारी दिएको छ।
हर्षवर्द्धनले परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्नेछन्। भ्रमणका क्रममा दुई देशका परराष्ट्र सचिवले दुई पक्षीय विषयमा वार्ता बताइएको छ।
भारतीय सञ्चार माध्यमले भने श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने उल्लेख गरेका छन् ।
उनीहरुका अनुसार भारतीय विदेश सचिवको भ्रमण धेरै विकास साझेदारी र कनेक्टिभिटीमा केन्द्रित हुनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend