मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

पशुपतिमा बेवारिसे लाशमा दागबत्ति दिने सपना, जो बिश्वका सय प्रभावशाली महिलाको सुचीमा परिन

पशुपतिमा बेवारिसे लाशमा दागबत्ति दिने सपना, जो बिश्वका सय प्रभावशाली महिलाको सुचीमा परिन

मङ्सिर ९ काठमाडौं – अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले छनोट गरेका २०२० का १०० जना प्रभावशाली महिलामा नेपाली चेली सपना रोका मगर पनि परेकी छिन।  म्याग्दी जील्लाकी मगर उक्त छनोटमा पर्न सफल भएकी हुन्। 

पशुपतिमा लाश जलाउने उनि जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा परेकी हुन्। 

म्याग्दीकी सपना तीन महिना घरविहीन भएपछि काठमाडौं आएको र  उनी लावारिस शरीरको अन्त्येष्टि गर्ने संस्थामा सामेल भएको बीबीसीले उल्लेख गरेको छ। 

‘यहाँ संसारविहीन, घरबारविहीन व्यक्तिहरू छन्। सडकमा मर्ने व्यक्ति उचित अन्तिम संस्कारका हकदार छन्। म यो काम सामाजिक सेवाको रूपमा हैन तर मेरो आफ्नै मानसिक शान्तिको लागि गर्दछु।’, सपनाले बोलेको कुरा बीबीसीले उल्लेख गरेको छ। 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend