शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

बालिकाको बलात्कारपछि हत्या प्रकरण: विरोध प्रदर्शनमा प्रहरीले चलायो गोली

बालिकाको बलात्कारपछि हत्या प्रकरण: विरोध प्रदर्शनमा प्रहरीले चलायो गोली

मङ्सिर ९ काठमाडौं –महोत्तरीमा ६ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ । गोलीबाट दुईजना घाइते भएका छन् । 

प्रदर्शन चर्किंदै गएपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। 

बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्। 

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले साहको घरमा आगो लगाईदिएका हुन्। 

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि आक्रोसित भएका स्थानीयले साहको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन्। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। 

साहले आफुले नै बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend