शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

बैतडीमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

मङ्सिर ९ काठमाडौं – झुलाघाटबाट यात्रु बोकेर आउंदै गरेको बस बैतडीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्।  

दुर्घटनामा परि ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द , बस्कोटकै अर्की पार्वती चन्द , दशरथचन्द नगरपालिका-४ जर्गगाउँका भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका-४ की कलावती चन्द रहेका छन्। 

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको बैतडी प्रहरीले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend