
मङ्सिर १० काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृहजिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन्।
मन्त्रीको पदसंग राजधानी साटेको भन्दै उनीहरुले कालोझण्डा देखाएका हुन्।
पौडेललाई बुटवलमा नेपाली कांग्रेस, उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन्।
कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी पनि गरेका थिए। सैनामैनामा आयोजित कार्यक्रममा सहभागी हुन बुटवलबाट जाँदै गर्दा पौडेललाई कालो झण्डा देखाइएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend