logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टी एकता भंगको आधार निर्माण गरेर प्रचण्डले आफ्नै खुट्टामा बन्चरो हाने- महर

    पार्टी एकता भंगको आधार निर्माण गरेर प्रचण्डले आफ्नै खुट्टामा बन्चरो हाने- महर

    3.4K
    Shares

    मङ्सिर १० काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भंग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै महरले पार्टी एकताको आधार प्रचण्डबाटै तोडिएको आरोप लगाएका हुन्। 

    फेसबुकमा उनले लेखेका छन्पा, ‘र्टीको सचिवालय बैठकमै अबैधानिक रुपमा प्रस्तुत भएको कथित राजनितिक प्रतिबेदन भनिएको आरोप पत्र जसलाई सचिवालयको बैठकमा पार्टिका सिनियर अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिले खारेज गरिसक्नु भएको छ र त्यसको उचित जवाफ दिने भनी यहि मंसिर १३ गते सचिवालय बैठक समेत आह्वान गरिसकेको परिस्थितिमा हतार हतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटिमा छलफलका लागि पठाउने काम अबैधानिक अमर्यादित अनुशासनहिन र पार्टी एकता भंगको आधार निर्माण गर्नु भएको छ र प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैले गर्नु भएको छ।’

    प्रचण्डको उक्त कदमको दृढतापुर्वक सामना गर्न सम्पुर्ण नेकपाका कार्यकर्ता एवं युवा विद्यार्थीहरुसंग महरले अपिल गरेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend